|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ। लिगको चौथो चरणअन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। 

एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। संकटा आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदा चर्च ब्वाइज लगातार चौथो जितको लक्ष्यमा हुनेछ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने संकटा तीन खेलबाट ४ अंक जोडेर आठौँ स्थानमा छ। 

यस्तै सोही समयमा दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल तेस्रो जितको ध्याउन्नमा रहँदा फ्रेण्ड्स भने पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ। जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेण्ड्स तीन खेलमा १ अंक जोडेर १२ औँ स्थानमा छ।

दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। पुलिस अंकविहीन रहँदै पुछारमा छ भने मच्छिन्द्र एकअंसहित अन्तिमबाट एक स्थान माथि छ। दुवै टोलीलाई पहिलो जित निकाल्ने दबाब छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.