|

काठमाडौं : एफए‌ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।  म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।

गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए।

खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाए। ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो। गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन। खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको‌ यो १३ औं एफए कप उपाधि हो। 

आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.