|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलाई मंगलबार सार्वजनिक गरेको छ।

एन्फाले गरेको कार्यक्रममा मुख्य प्रशिक्षक इटालियाली प्रशिक्षक एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए। उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको समेत बताए।

उनले अहिले जारी रहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा टिम बनाउने बताए्।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका एनासीले जारी शहीद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडी समेट्दै टोली बनाउने बताए।

राष्ट्रिय टोलीका केही खेलाडी विदेश गएको अवस्थामा कसरी टोली बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक एनासीले टिम बनाउँदा पूरै नयाँ टोली बनाउन नसकिने र एकैपटक धेरै नयाँ खेलाडीमात्र समेटेर बनाउन पनि कठिन हुने बताए।

उनले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्ने पनि बताए। प्रशिक्षक एनासीले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताए। 

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक एनासीको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दै छ।

एन्फाले प्रशिक्षक एनासीलाई मासिक तलबबाहेक खाने बस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ। प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। उनीसँग एक वर्षका लागि सम्झौता गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.