|

काठमाडौं : राष्ट्रियसभको दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ।

सिंहदरबारमा आज भएको समितिको बैठकले संघीय संसदमा पेश हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।

‘संसदमा प्रस्तुत हुने विधेयकका अङ्गहरू, उद्देश्य र कारण, आर्थिक टिप्पणी, व्याख्यात्मक टिप्पणीमा सुशासन र दिगो एवं सन्तुलित विकाससम्बन्धी व्यवस्थाको उल्लेख भएको हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिने,’ निर्णयमा भनिएको छ। 

त्यसैगरी संसदमा पेश हुने नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन र दिगो विकास तथा सुशासन समितिको आर्थिक वर्ष ०७९/८० को कार्ययोजनाको प्रगतिको समीक्षा गर्नुपर्ने निर्णय समितिले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.