|

काठमाडौं : कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन्। मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका हुन्।

कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा उनको ज्यान मार्ने धम्कीसमेत दिएको सुनिन्छ। प्रहरीको स्कर्टिङमा भागेको आङ्बोको गाडी अहिले आर्मी क्याम्पतिर भगाइएको हुन सक्ने स्रोतले जनाएको छ।

नेकपा माओवादी केन्द्रको कोशी प्रदेशको प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका आङ्बोले फागुन १७ गते एमाले काँग्रेससँगै ‘कोशी प्रदेश’मा मत दिएपछि आक्रोशित बनेका पहिचान पक्षधरले उनको विरोध गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.