|

काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको उक हजारले सय सस्तो भएको छ। 

आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो। 

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.