|

काठमाडौं  :  माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षा हलभित्र फोटो खिच्न नपाइने भएको छ। 

एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यो पटक परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्विर लिन नपाइने व्यवस्था गरेको जानकारी दिए।। परीक्षा सुरु भएपछि सञ्चारकर्मीले परीक्षा केन्द्रका बाहिरको गतिविधिको तस्विर लिन पाउने भए पनि परीक्षा हलमा प्रवेश निषेध गरेको उनले बताए।

‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्विर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यो वर्ष परीक्षा हलभित्र तस्विर दिन नपाइने व्यवस्था गरेका छौँ’, उनले भने।

विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्त्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो।

बागमती प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पनि​ एसईईमा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं  परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन आग्रह गरेको छ।

यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहान ८ बजे सुरु हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.