|

रौतहट : जिल्लाका वनबाट काठ तस्करले काठ तस्करीको लागि नयाँ शैली अपनाएको पाइएको छन्। 

तस्करले तस्करीका लागि साइकलको स्वरूपनै परिवर्तन गरेका छन्। तस्कर समूहले तस्करी गर्न बनाएको पाँच थान साइकल सोमबार वन कर्मचारीले बरामद गरेका हुन्।

तस्करले एउटा साइकलबाट एक पटकमा करिब १६ देखि १८ क्यूफिटसम्मको काठको गोलिया तस्करी गर्न सक्ने गरी साइकललाई परिवर्तन गरेका छन्। 

तस्करले साइकलको दुई चक्का बीचको त्रिभुज आकारको भाग हटाएर त्यसको ठाउँमा मोटो फलामको गोलाकार भाग बनाएका छन्। त्यसैगरी उनीहरूले दुवै चक्का हटाएर रिक्साको चक्का प्रयोग गर्ने गरेका छन्।  

काठ राख्दा साइकल नभाँचियोस् भनेर त्यसमा चारैतिर मोटो फलाम तथा रडले भर दिइएको छ । यसरी बनाइएको साइकलमा ब्रेक तथा पेडल भने राखिएको छैन्। काठ तस्करी गर्दा एकजनाले साइकल डोर्‍याउने र एकजनाले पछाडिबाट धकेल्ने गरेका छन्। 

जंगलको बाटो ट्याक्टर वा टायर गाडाले तस्करी गर्दा अप्ठ्यारो हुने, वन रक्षकले पक्रिने डर भएकाले तस्करले साइकल तथा मोटरसाइकलको प्रयोग गर्ने गरेको स्थानीय अजयकुमार पटेल बताउँछन्। 

तस्कर समूहले तस्करी गर्न बनाएको नयाँ डिजाइनको पाँच थान साइकल हालै वन कर्मचारी टोलीले बराबद गरेको छ । वृन्दावन सब डिभिजन वन कार्यालयमा सोमबार साँझ काठ तस्करी गर्न पुगेका तस्कर वन कर्मचारीलाई देखेर साइकल छाडी फरार भएको थियो। तस्कर फरार भएपछि पाँच थान साइकल वन कर्मचारी टोलीले नियन्त्रणमा लिएको कार्यालयका कमाण्डर जयलाल पटेलले जानकारी दिए।

तस्करले पहिले टायर गाडा र ट्याक्टरमा काठ तस्करी गर्थे।  तर, पछिल्लो समय काठ तस्करीका लागि साइकल र मोटरसाइकलमा प्रयोग गर्ने गरेको पाइएको छ। उनीहरूले जंगलबाट बहुमूल्य सखुवालगायतका रुख काटेर गोलिया बनाई साइकल तथा मोटरसाइकलमा तस्करी गर्ने गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.