|

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालू आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालू आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।

उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए। उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए। उनले निर्यात व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको पनि बताए। उनले नेपालका दुवै छिमेकी देशहरू ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको जिकिर गरे।

उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिवद्धता जनाए।

मन्त्री रिजालले व्यवसायीहरूको भुमिका आर्थिक स्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरूलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए। उनले सरकार निर्यात प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.