|

बागलुङ :  धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। 

हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको र उनीहरूको सकुशल उद्धार गरि काठमाडौं पठाइएको पौडेलको भनाइ छ। धौलागिरि बेसक्याम्पमा सामान पुर्‍याउन गएको हेलिकप्टर दुर्घटनामा परेको प्रजिअ पौडेल बताउँछन्। 

हेलिकप्टर बिहान ११ः११ बजे सम्पर्कविहीन भएकोमा डेढ घण्टापछि सम्पर्कमा आएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.