|

काठमाडौं : नेपालमा ३ महिनापछि कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ। गत चैत दोस्रो हप्तादेखि नेपालमा पुनः कोभिड संक्रमण उकालो लाग्दै गएको छ।

संक्रमितको संख्या बढ्दै गएको अवस्थामा आइसियू र भेन्टिलेटरमा उपचारगर्नु पर्ने बिरामी पनि बढ्दै गएका छन् भने संक्रमणबाट मृत्यु पनि हुन थालेको छ। 

पुस २३ गते एकजना संक्रमितको मृत्यु भएको थियो त्यसयता नेपालमा कोभिडको कारण हुने मृत्यु शून्य रहेको थियो।  

तर मंगलबार एकजना संक्रमितको मृत्यु भएको छ। वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार बिहान कोभिड संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनी करिब ३ साताअघि अस्पताल भर्ना भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीका अनुसार गत असोज ८ गते पनि एकजना संक्रमितको मृत्यु भएको थियो। 

गत चैत दोस्रो सातायता बढ्दै गएको कोभिड संक्रमणको प्रमुख कारण ओमिक्रोनको नयाँ सबभेरिएन्ट ‘एक्सबीबी १.१६’ भएको पुष्टि भएको छ। यो भेरिएन्टले गर्दा अबको केही हप्ता नेपालमा कोभिड संक्रमण बढ्न सक्ने बताउँछन् स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा अधिकारी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.