|

काठमाडौं : आज २०७९ को अन्तिम दिन। भोलीबाट नेपालीहरूको नयाँ वर्ष सुरू हुँदैछ।

नयाँ वर्षको स्वागत र यो वर्षको विदाई एकैसाथ हुने गर्छ। यस वर्ष नेपाली समाजमा विभिन्न घटनाहरू घटे। नेपालको राजनीति देखि सामाजिक जीवनमा उतारचढाव आइरह्यो। यसवर्षको सुरूमा नेपालमा स्थानीय तहको निर्वाचन भयो। त्यसपश्चात् प्रदेश र प्रतिनिधि सभा। 

अहिले नयाँ सरकार निर्माण भइसकेको छ। यसैवर्ष अन्य विभिन्न घटनाहरू घटे। यीनै घटनाहरूलाई फर्केर हेर्दा कस्तो देखिन्छ? थाहाखबरले यसवर्ष देखिएका रोचक घटनाहरूलाई दृश्यमार्फत प्रस्तुत गरेको छ। 

हरेक वर्ष राजधानीमा ज्याकराण्डाले वसन्तको स्वागत गर्छ।  

स्थानीय तह निर्वाचनमा  काठमाडौं महानगरपालिकाका मेयरमा उठेका थिए वर्तमान मेयर बालेन शाह। उक्त समयमा मत माग्न हिँड्दै गर्दा एक मतदाता शाहसँग तस्वीर खिच्दै।  

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै एक गर्भवती महिला।

उपत्यकाको दक्षिणी भेगमा पर्ने ललितपुरको खोकनामा रोपाइमा रमाउँदै एक  किसान महिला। 

 गत जेठ १६ गते मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना भएको थियो। उक्त घटनाका मृतकलाई अर्को विमानबाट काठमाडौं ल्याइएको थियो।  

यस वर्ष उपत्यकाका विभिन्न स्थानमा  आगलागीका घटनाहरू भए। त्यसमध्ये भृकुटीमण्डपमा लागेको नियन्त्रणमा खटिएका प्रहरी जवान ।

आफ्नो माग सुनुवाइका लागि काठमाडौं आएका थिए नवलपरासी सुस्ताका मिटरब्याजी पीडितहरू। माइतीघरमा धर्नाका क्रममा वर्षा भएपछि सुरक्षाका लागि ओत लाग्दै। 

इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा  गरिने सामुहिक कुमारी पूजाका लागि तयार पारिएकी कुमारी।  

नेपाली कांग्रेसका नेता एवम् विचारक प्रदीप गिरिको  निधनपश्चात् पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

 बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने असोज २० गते  दोहाबाट कतार एयरवेजको जहाजमार्फत नेपाल फर्किएका थिए। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।  

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन पश्चात् तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिका परिसरमा जोशीको पार्थीव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। 

तिहारमा काठमाडौंमा देखिएको झिलिमिलि र पीङमा रमाएको एक बालक। 

फूलमा रमाउँदै किसान महिला। 

प्नतिनिधिसभा निर्वाचान-२०७९ मा निर्वाचित सांसदले शपथग्रहण लिदैँ।

 प्रतिनिधि सभा चुनाव-२०७९ मा निर्वाचित भएपछि  शपथग्रहणका लागि आफ्नै भेषभुषामा सजिएर संसद भवन पुगेकी नागरिक उन्मुत्ति पार्टीकी संसद रन्जिता श्रेष्ठ ।

सभामुखमा निर्वाचित भएपछि बधाई थाप्दै देवराज घिमिरे ।

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएपछि अभिवादन गर्दै। 

उपराष्ट्रपतिमा विजयी राम सहायप्रसाद यादवलाई बधाई दिँदै प्रधानमन्त्री

नवनिर्वाचित राष्ट्रपतिलाई स्वागत निर्वतमान राष्ट्रपतिलाई बिदाई ​

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत प्राप्त गरेपछि।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.