|

बागलुङ : म्याग्दीको अन्नपूर्णमा पर्यटक सवार बस दुर्घटनामा परेको छ। 

शुक्रबार काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिँडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

घाइतेको अवस्था सामान्य रहेको प्रत्यक्षदर्शी अमृत बास्कुनेले बताए। बस साढे ९ बजे दुर्घटनामा परेको घाइतेको अवस्था सामान्य रहेको बास्कुनेको भनाइ छ। घाइते चारै जनालाई म्याग्दी अस्पताल बेनी पठाइएको उनको भनाइ छ।

२१ जना यात्रु, दुई चालक सहचालक गरि बसमा २३ जना सवार रहेको उनको भनाइ छ। अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार गरि रहेको उनको भनाइ छ। अन्य यात्रु सकुशल रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.