|

काठमाडौं : धादिङको निलकण्ठ नगरपालिका–७ ले  किसानलाई अनुदान आएको मल लिन आउने किसानलाई नागरिकता वा लालपुर्जाको फोटोकपी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ। 

निलकण्ठ नगरपालिकाकाका वडा सचिव अमित घिमिरेले सार्वजनिक सूचना जारी गर्दै नागरिकता वा लालपुर्जाको फोटोकपी लिएर आउन उर्दी जारी गरेका हुन्। 

निलकण्ठ–७ का वडाध्यक्ष गौतमहरि अधिकारीले अनलाइन विलिङ हुने र स्थानीयले पाउन भनेर यस्तो व्यवस्था गरिएको बताए। उनले वडामा ७० बोरा अनुदानको मल आएको र भोलिदेखि किसानलाई वितरण गर्ने जानकारी दिए। 

७० बोरा मललाई वडामा दामासाही रूपमा बाँड्दा ५ देखि १० किलोसम्म पर्ने अध्यक्ष अधिकारीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.