|

दाङ : दाङमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा १ जनालाई  पक्राउ गरेको  छ। पक्राउ पर्नेमा लमही नगरपालिका-५ लमही बजारस्थित होटल वि.एण्ड.वि. का संचालक ४४ वर्षीय नुमाराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनले होटलमा कामको खोजीमा आएका पीडित दुई जना महिलालाई विभिन्न किसिमको प्रलोभन देखाइ २०७९ साल मंसिर अन्तिमदेखि गत चैत २७ गतेसम्म पटक-पटक परपुरुषसँग शारीरिक सम्बन्ध राख्न लगाएको आरोप छ।

पीडीत दुवै जनाले आफूहरुलाई निश्चित रकम र डर त्रास देखाएर जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाएको भन्दै वडा प्रहरी लमहीमा उजुरी दिएका थिए। 

होटलका संचालक भुसाललाई वैशाख ४ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरि दाङ जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार होटल संचालक भुसालले ग्राहक आएको वेलामा फोन सम्पर्क गरी शारीरिक सम्बन्ध राख्न लगाउने र सोवापत पीडितहरुलाई निश्चित रकम दिएर पठाउने गरेको र पिडितहरुको मञ्जुरी नहुँदा पनि उनले डर त्रास देखाई जबरजस्ती गलत काम गर्न बाध्य पारेको भनि प्रहरीमा उजुरी  दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.