|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्। 

शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सबै वामपन्थी पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई परिवर्तनका लागि आफ्नो पार्टीमा आउन आह्वान गरेका हुन्। 

‘यस दिन सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्टहरूलाई एमालेमा पुनः आउन वा नआउनु भएको भए सामेल हुन आह्वान गर्दछु। एमालेले सही ढंगले अगाडि बढाउँछ। म सबै वामपन्थी पार्टीमा रहेका नेता कार्यकर्ताहरू जो इमानदार हुनुहुन्छ आउनुस् एमालेको कुनै स्वार्थ छैन,’ उनले भने। 

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने तर, मुसा देख्नासाथ तुलसीको कण्ठी बाँध्नेहरूसँग होसियारी अपनाउनुपर्ने बताए। 

‘बुर्जुवाहरूको सेवामा समर्पित हुने, कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउने र मुसा देख्न नहुने तुलसीका कण्ठी बाँध्ने, घाँटीमा कण्ठी बाँध्ने मुसाका प्वालमा बसेर झ्याप्पझ्याप्प पार्ने बिरालाहरूबाट हामी होसियार हुनुपर्छ,’ उनले भने। 

अध्यक्ष ओलीले आफूहरूले कम्युनिष्ट पार्टीलाई दुई तिहाई मत दिलाउन सफल भए पनि केही शीर्ष नेताहरूले कम्युनिष्ट पार्टी नै ध्वस्त बनाएको बताए। 

'नेताहरू हामीले चाखिसक्यौँ। दुई तिहाई पुर्यायौँ। तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र बिके। यतिकै उनीहरूले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। के कस्तो मूल्य उहाँहरूले जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्री कुरा उहाँहरू नै जान्नुहोला,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.