|

पाल्पा : पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी मृत्यु हुनेको सनाखत भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको देवदह नगरपालिका-३ की ३६ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। गम्भीर घाइते उनलाई उपचारको लागि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परेर ३८ जना घाइते भएका छन्। घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको थापाले बताए। घाइते हुनेमा २३ जना पुरुष छन्। १५ जना महिला छन्। २ वर्षदेखि ७३ वर्ष उमेरसम्मका घाइते भएका छन्।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको हो। बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्वार गरेका थिए।

दुर्घटना के कारणले भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन। यद्यपि घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.