|

काठमाडौं : पहाडी भूभागका केही स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसोदेशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमवार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको  सम्भावना छ। महाशाखाले चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.