|

बारा : बारा क्षेत्र नम्बर २ मा सोमबार बिहान सर्वदलीय बैठक बसेर मतगणना शुरु हुने भएको छ ।

गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले बिहान मात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। ‘आज बिहान सर्वदलीय बैठक राखिएको छ’, उनले भने, ‘बैठकलगत्तै मतगणना सुरु गर्छौँ।’

बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको उनले बताए। मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा–२ मा ६५ प्रतिशत मतदान भएको थियो।  

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण  र देवताल गाउँपालिकाको ४४  वडा समेटिएको बारा २ मा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ महिला गरी कुल एक लाख पाँच हजार २४८ मतदाता  छन्। यहाँ राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.