|

काठमाडौं : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल पछ्याइरहेका छन्। 

हालसम्म ११ वटा वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सकिएका वडामध्ये अधिकांशमा रास्वपाका उम्मेदवार वाग्लेलाई सबैभन्दा बढी मत प्राप्त भएका छन्। 

हालसम्म भानु नगरपालिकाको ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ। यस्तै आँबुखैरेनी गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ। 

कुन वडामा कसलाई कति मत?

भानु नगरपालिकाको वडा नम्बर ३ मा मा कूल १५७४ मत खसेको छ। जसअनुसार वाग्लेलाई ७१६ मत प्राप्त भएको छ। यस्तै भट्टराई र खनाललाई क्रमशः ४१८ र ३५१ मत पाएका छन्। 

वडा नम्बर ४ मा कसेको कूल मत १६७५ मध्ये वाग्लेलाई ७५९, भट्टराई ४८२ र खनाललाई ३९४ मत प्राप्त भएको छ। वडा नम्बर ७ मा कसेको १२८१ मध्ये वाग्लेलाई ६५५, भट्टराईलाई ३१२ र खनाललाई २७० मत प्राप्त भएको छ। 

८ नम्बर वडामा पनि सबैभन्दा बढी मत वाग्लेलाई नै छ। जम्मा १७९४ मत खस्दा उनले ८५६, भट्टराई ४५८ र  खनालले ४३७ मत पाएका छन्। 

१० नम्बर वडामा खसेको १७५८ मध्ये वाग्लेलाई ८४६, भट्टराई ५५१ र  खनाललाई ३२९ मत प्राप्त भएको छ। ११ वडामा खसेको २०१४ मत मध्ये वाग्लेलाई १२०२, भट्टराईलाई ५९३  र खनाललाई १८३ मत प्राप्त भएको छ। 

साथै आबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ मा कसेको १४५८ मध्ये वाग्लेलाई पाँच डबल मत पाएका छन्। वाग्लेले १०६५ मत पाउँदा भट्टराई र खनालले क्रमशः २७६, ५४ मत मात्रै पाएका छन्। 

यस्तै वडा नम्बर २, ३ र ४ नम्बर वडामा बसेको कूल मत चार हजार २५९ मध्ये वाग्लेले तीन हजार ९० मत पाएका छन्। भट्टराई र खनालले क्रमशः  ९७४ र २७६ मत पाएका छन्।  वडा नम्बर ५ मा कसेको ५७० मध्ये वाग्लेले ३७१, भट्टराई १४९ र खनालले २८ मत मात्रै पाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.