|

सान फ्रान्सिस्को : अमेरिकी सांसदहरूको एक समूहले कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा सञ्चालित स्वायत्त प्रणालीहरूलाई मात्रै आणविक हतियार प्रक्षेपण गर्नबाट रोक्न एक विधेयक प्रस्ताव गरेको छ। एआई आफैँले निर्णय लिने सम्भावित खतरा बढेपछि यसरी विधेयक प्रस्ताव गरिएको हो।

सिनेटर एडवर्ड मार्के (डी-एमए) र रिप्रजेन्टेटिभहरू टेड लु (डी-सीए), डन बेयर (डी-वीए) र केन बक (आर-सीओ) ले अमेरिकामा 'ब्लक न्यूक्लियर लन्च बाई अटोनमस एआई एक्ट' विधेयक प्रस्ताव गरेका छन्। यसको उद्देश्य स्वायत्त एआईद्वारा आणविक प्रक्षेपण रोक्नु रहेको छ।

विधेयकले मानवको अधीनमा नभएको स्वायत्त हतियार प्रणाली प्रयोग गरेर आणविक हतियार प्रक्षेपण गर्नमा संघीय रकमको प्रयोगलाई निषेध गर्नेछ। सबै अवस्थामा अमेरिकाले आणविक हतियार प्रक्षेपणका वेला राष्ट्रपतिका निर्णयहरू सूचित एवं कार्यान्वयन गर्न महत्त्वपूर्ण सबै कामका लागि मानवलाई जिम्मा दिइनेछ।

मानव नियन्त्रणको अधीनमा नभएको घातक, स्वायत्त आणविक हतियार प्रणालीको प्रयोगले अन्तरराष्ट्रिय मानवीय कानूनको उचित पालना गर्न नसक्ने र आणविक हतियार प्रक्षेपण गर्ने कुनै पनि निर्णय एआईलाई दिन हुँदैन।

प्रतिवेदनमा उल्लेख गरिएको छ कि यसअघिको 'आर्टिफिसियल इन्टेलिजेन्सप्रति राष्ट्रिय सुरक्षा आयोग' प्रतिवेदनले स्वायत्त आणविक हतियारको प्रक्षेपणमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी सरकारका साथै चीन र रूसबाट पनि यस्तै प्रतिबद्धतालाई समर्थन हुने अपेक्षा गरिएको छ। ठूलो मात्रामा आणविक युद्धले लाखौं मानिस मार्न सक्छ र उत्तिकै संख्यामा अपांग हुन सक्छन्।

आणविक आदेश र नियन्त्रण प्रक्रियाहरूले अन्तरराष्ट्रिय मानवतावादी कानून, मानव नियन्त्रण र मानव कानूनी निर्णयको पालना गर्न आवश्यक भएको विधेयकमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.