|

काठमाडौं : स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले संसद् भवनमा अर्धनग्न हुँदा आफूलाई कुनै ग्लानी नभएको बताएका छन्। संसद् भवनबाट बाहिरिदैँ गर्ने क्रममा सिंहले संसद्ले आफूलाई कारबाही गर्दा आफूलाई खुशी लाग्ने पनि बताए।

'मलाई कारबाही गर्ने एक जना मात्र हो, त्यो भनेको नेपाली जनता। नेपाली जनताले कारबाही गरे म भोग्न तयार छु', उनले पत्रकारहरूसँग भने। 

प्रतिनिधिसभाको जारी बैठकमा सिंहले कपडा खोलेर विरोध जनाएका थिए। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर, सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाए।

उनको व्यवहारबाट रुष्ट बनेका सभामुखले सिंहलाई त्यसो नगर्न चेतावनी दिएका थिए। ‘माननीय अमरेशकुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस्। अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भनेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.