|

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै विभागको छड्के अनुगमन गरेका छन्। 

सोमबार बिहान १० बजे स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयका सम्पूर्ण विभागहरुको छड्के गरेका हुन्। मन्त्री अनुगमनमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यालय समयमा पुगेका थिएनन्। 

मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमा उनी ९ः३० बजे नै स्वास्थ्य मन्त्रालय पुगेका थिए। तर, कर्मचारी पुगेनन्। मन्त्री बस्नेतले यो अभियान यत्तिकै नरोकिने बताउँदै मन्त्रालयमा मात्रै नभएर प्रदेश स्थानीय तहको वडा सम्म स्वास्थ्य मन्त्रालय सङ्ग जोडिएका सबैको निरीक्षण हुने बताए। 

‘यो पक्कै पनि राम्रो कुरा हैन, हामी सबै जनताको सेवा गर्न बसेका हौं । समयमा कार्यालय नपुगे समयमा जनतालाई सेवा पनि दिन सकिदैन तसर्थ सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ। भन्ने आशा लिएको छु। जनताको कामलाई नजरअन्दाज गरेर समयमा कार्यलाई नपुग्ने कर्मचारीलाई कार्वाही र राम्रो काम गर्नेलाई पुस्कृत पनि गर्ने छौं,’ मन्त्री बस्नेतले भनेका छन्। 

नेपाली कांग्रेसबाट मन्त्री बनेका बस्नेतले वैशाख २० गते शपथग्रहण गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.