|

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रचण्डपथ महतपथमा विलय भएको टिप्पणी गरेका छन्। 

सोमबार संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै बास्कोटाले प्रचण्डपथलाई महत पथमा विलाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै व्य‌ंग्य गरेका हुन्। 

बजेटका प्राथमिकता र सिद्धान्तमा समाजवाद भन्ने शब्द हराएको भन्दै उनले समाजवाद माओवादीले छाडेको कुरा पुष्टि भएको बताए।

मुलुकको तीन खम्बे अर्थनीति भए पनि सिद्धान्त र प्राथमिकतामा निजी क्षेत्रलाई मात्रै प्रोत्साहित गरिएको उनको भनाइ छ। ‘सहकारीको क्षेत्रमा त नियमनको कुरो मात्रै छ, पूँजि निर्माण र परिचालनमा सहकारीको भूमिका के हो ? यस विषयमा केही उल्लेख छैन।’

उनले उनले मौद्रिक नीतिलाई मात्रै जिम्मा दिएर अर्थ र उद्योग मन्त्रालयले खेल्नुपर्ने भूमिकाबाट पन्छिन खोजेको आरोप पनि लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.