|

झापा : झापाको दमकमा कोशी प्रदेश नामाकरणको विरोधमा मंगलबार साँझ पहिचानवादी समूहले मसाल जुलुस प्रर्दशन गर्ने क्रममा झडप हुँदा १० प्रहरीसहित २२ जना घाइते भएका छन्।

दुई पक्षबिचको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते भएको झापा प्रहरीले जनाएको छ। 

करिब ३ सय मिटर टाढादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाइ छ।

भीड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइजना आन्दोलनकारी गम्भिर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताए।

घाइते प्रहरी र आन्दोलनकारीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ। 

घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.