|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन्।

मन्त्री बस्नेतले बिमितको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए। बुधबार उनले स्वास्थ्य बिमा गरेका मानिसलाई उपचारका क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे।

मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दाबी पनि गरे।

उनले भने,‘स्वास्थ्य बिमाको बारेमा गम्भीर विषय उठेको छ। स्वास्थ्य बिमामा एकरूपता पनि रहेन। बिमा गरेको मान्छे भनेर अस्पतालमा जानेबित्तिकै त्यसलाई दोस्रो दर्जाको विरामीको रूपमा हेरिने अवस्था पनि सुनेको छु। मैले यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुरा गर्दै आएको छु।’

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भए पनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्‍याए। उनले क्यान्सर जस्ता प्राणघातक रोगको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.