|

भैरहवा : सीमावर्ती भारतीय गाउँमा शंकास्पदरूपमा नेपाली युवा मृत भेटिएका छन्। रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव मृत फेला परेका हुन्। यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ। 

स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन। अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरिरहन्थे। यसै क्रममा उनी बुधबार बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए।

त्यहाँ एक जनाको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए। ‘मृतकको आमा पनि पछिपछि जानुभएको थियो। मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न छोडेनन्’, उनले भने, ‘भारतीयको कुटपिटबाट उहाँको मृत्यु भयो।’

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ। रूपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.