|

काठमाडौं : संघीय संसद्‍अन्तर्गत प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा निकै ढिला गरेर सुरु भएको छ।​ ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टाभन्दा समय ढिला गरी सुरु भएको हो।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ।

यसरी निर्धारित समयमा बैठक सुरु नहुनु कुनै नौलो कुरा होइन। कहिले मन्त्रीहरू नै ढिला पुगेर त कहिले सांसदहरू ढिला पुगेर विभिन्न समयमा निर्धारित समयभन्दा बैठक ढिला नै सुरु हुने गरेको छ।

आजको बैठक भने साना दल तथा स्वतन्त्र सांसदहरूबाट ककसले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भन्ने विषयको सहमति हुन नसक्दा ढिला भएको बताइएको छ।

नेपालको संविधानको धारा ५३ बमोजिम राज्याका निर्देशक, सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव२०७८÷०७९ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.