|

धनगढी : बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी एक महिलाको शव फेला परेको छ।

आज (आइतबार) करिब बिहान ९ बजे जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा गएको हिमपहिरोमा आइतबार यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना परेका थिए।

हिमपहिरोमा परेकामध्ये अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

उनका अनुसार मृत्यु हुने र घाइते हुनेमा सुर्माकै स्थानीय श्रीमान-श्रीमती रहेको र एकजना अर्का पनि घाइते भएका छन्। टेलिफोन सम्पर्क हुन नसक्दा उनीहरुको परिचय भने नखुलेको डिएसपी भण्डारीले बताए। ​सम्पर्कविहीन रहेका २ जनाको खोजीमा प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।

बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.