|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै विशेष समिति बनाउन माग गरेका हुन्। 

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ। बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन्। यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ। संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.