|

काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। 

नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने  अर्थमन्त्री महतले बताएका छन्।

यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर्ने व्यवस्था मिलाइने समेत महतले जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.