|

काठमाडौं : कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। 

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए।

१४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३ महिनामै जेलमुक्त भएका छन् । चौधरीलाई मुलुकका तिनै तहका अदालतले जन्मकैदको सजाय सुनाएका थिए।

न्यायालयले न्याय गरे पनि सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.