|

इलाम : बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष/महिला दुवैमा सेमिफाइनल भिड्ने टिम पक्का भएको हो।  

भक्तपुरको मध्यपुर थिमीस्थित सानोथिमी मैदानमा भइरहेकोे प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले कोशी प्रदेश विरुद्ध सेमिफाइनलमा खेल्ने छन्। महिलातर्फ एपीएफ र आर्मी तथा कर्णाली र बागमतीबीच सेमिफाइनल हुनेछ।

पुरुषतर्फ समुह ए मा रहेको नेपाल आर्मीले सेमीफाइनल पुग्न बागमतीलाई ३४–५ र मधेश प्रदेशलाई २०–० ले हराएको हो । कोशी प्रदेशसँग १५–१० ले गुमाउन पुग्यो । समूह बी बाट सेमीफाइनल पुगेको विभागीय टोली एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई २९–७ ले हराउँदा कर्णालीसFग २७–५ ले गुमाउन पुग्यो । समुह बी मा रहेको कर्णालीले अपराजित रहँदै नेपाल पुलिसलाई २२–५ र एपिएफलाई २७–५ ले हराउन सफल रह्यो।

समूह एमा रहेको कोशी प्रदेशले मधेशलाई २४–० र नेपाल आर्मीलाई १५–१० ले हराउँदा बागमतीविरुद्ध १९–५ ले गुमाउन पुग्यो । ३ वटै टिमको समान हारजित भए पनि बागमती स्कोर प्वइन्टका आधारमा बाहिरिएको हो।

महिलातर्फ समूह ए मा रहेको एपीएफले अपराजित रहँदै कर्णालीलाई १४–०, कोशी प्रदेशलाई १७–० र लुम्बिनीलाई ५–० अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै समूह बीमा रहेको आर्मीले मधेशलाई ५७–० ले पराजित गर्दा बागमती विरुद्ध २९–० ले गुमायो। समूह ए बाट सेमीफाइनल पुग्न कर्णालीले बागमतीलाई ५–०, कोशी विरुद्ध ५–५ बराबरी र एपिएफ विरुद्ध १४–० ले गुमाउन पुग्यो। 

दुईदिने प्रतियोगितामा पुरुष र महिलातर्फ समान ७–७ टिम सहभागी छन्। यसै प्रतियोगिताबाट कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.