|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट ल्याएको कांग्रेस र ३२ सिट ल्याएको माओवादी केन्द्रमाथि व्यंग्य गरेका हुन्। 

‘कांग्रेसले उधुमसँग सिट बढाएको छ। उसले डेमोक्रेसी,सेमोक्रेसी बुझ्दैन, सिट बढेको छ,’उनले भने, ‘नेकपा माओवादी केन्द्रले त प्रधानमन्त्री पाएकै छ। त्यो भएपछि ग्रेट वाल वरिपरि लालकिल्ला भन्छ नि! किल्ला बनाएर त्यसलाई कसरी सुरक्षित गर्ने रेटफोर्ड पनि पाउनुभएको छ कि प्रधानमन्त्रीज्यू। कसरी सुरक्षित गर्ने सत्ताको किल्ला। थाहा पाउनु भएको छैन ५४ बाट ३२ मा घटेको । किनभने अरू नै कुराले तपाईंको आँखालाई तरंगित बनाएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.