|

काठमाडौं : ७५४ जनाको नमुना परीक्षण गर्दा शनिवार जम्मा एकजना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यही समयमा १ जना संक्रमित पनि संक्रमणमुक्त भएका छन्। 

हाल नेपालमा जम्मा १० जना कोभिड सक्रिय संक्रमित रहेका छन्। पछिल्लो दिनमा नेपाल कोरोना संक्रमित प्रायः शून्यमा झरेको छ। 

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस न्यून भएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्‌काल नरहेको घोषणा गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.