|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्युतीय मिडियालाई प्रभावकारी बनाउँदै आवश्यक नियमन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका विनियोजित शीर्षकमाथिको छलफलमा उनले प्रेस स्वतन्त्रता कायम राख्दै अनलाइनलगायत मिडियामा तथ्यहीन सामग्री नभई आवाजविहीन जनताको आवाजलाई सशक्त र प्रभावकारी बनाउन नियमन गर्नुपर्ने बताए। 

सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्तरुपमा सञ्चालन गर्ने विधि खोज्न आग्रह गरे। 

आधुनिक कम्युनिकेसन, कनेक्सन र कोलाबोरेसनले विश्वलाई एउटै गाउँ बनाएको अवस्थामा त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको बजेट सीमित क्षेत्रमा केन्द्रित गरिएको र आमरुपमा पक्षपातपूर्ण भएको आरोप पनि लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.