|

काठमाडौं : दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए।

उनले विपदमा जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताए।

उनले भने, ‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनःनिर्माण अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ। पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको छ। यसको राहत, पुनःस्थापना र पुनःनिर्माण कार्य अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ।’

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले गरेको क्षतिको राहत, पुनःस्थापना र पुनःनिर्माण अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.