|

काठमाडौं  : एनएमबि बैंकसँगको साझेदारीमार्फतचीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट ‘वी च्याट पे’ आधिकारिक रूपमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ। 

लेकसाइड पोखरामा बिहीबार कार्यक्रम गरी ‘वी च्याट पे’ सेवाको औपचारिक घोषणा गरिएको हो। चिनिया राजदूत चेन सोङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत सहभागी थिए । 

नेपालका लागि चीनका राजदूत सोङले ‘वी च्याट पे’ क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने भन्दै यसको सुविधा र नेपाल चीन मित्रताका विषयमा धारणा राखे ।

राजदूत सोङले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने अब ‘वी च्याट पे’ मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रूपमा बैंकिङ प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए। 

योसाझेदारीले ‘वी च्याट पे’ मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकका लागि नयाँ अवसर प्रदान गरेको बैैंकले जनाएको छ । ‘अब आगन्तुकहरूले आफ्नो ‘वी च्याट पे’  डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारिक कारोबार गर्न सक्नेछन्,’ बैंकले भनेको छ। 

हाल देशभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको एनएमबि बैंकले ​जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.