|

 

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए। उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको बताए। उनले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको उल्लेख गरे।

उनले भने,‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटिको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर  गम्भीर रुपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ। यसमा नेपाल सरकारको गम्भिर रुपले ध्यानकर्षण भएको छ। सबै मान्यसदस्यहरूले यो विषयलाई दीर्घकालिन रुपमा विचार गर्न जरुरी छ।’

प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालिन विकासमा जोड दिन आवश्यक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.