|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नका जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘निजगढ एयरपोर्टका बारेमा मैले धेरैपटक यस सम्मानित सदनमा राखेको छु। फास्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ। त्यो फास्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो। त्यसकारण निजगढ एयरपोर्टलाई यथाशीघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ।’

यसैगरी प्रधानमन्त्री दाहालले यही असार महिनाभित्रै बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने आश्वासन समेत दिए।

असार महिनाभित्रै आयोजनाको काम अघि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम पनि सुरु गर्ने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.