|

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ।

रास्वपाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। उनले डडेल्धुरावासीलाई उक्त जनसभामा उपस्थितिका लागि पनि अनुरोध गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.