|
फाइल तस्वीर

हुम्ला : सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका ३ घरमा क्षतिग्रस्त भएका छन्। नाम्खा गाउँपालिका–३ खगालगाउँका ३ घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए।

आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो। 

लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको शाहीको भनाइ छ। लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो। 

बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति गरेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.