|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेकपा एमालेले विधेयक अगाडि बढ्न नदिन बहानाबाजी खोजेको बताएका छन्। 

बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेले विधेयक रोक्न आफूले बोलेको विषयलाई उचालेको आरोप लगाएका हुन्। 

‘प्रतिपक्षले सदन चल्न नदिने अरे । मैले बोलेको छैन। मेरो कुरा भनेको होइन। उनको कुरा भनेको हो। बहाना चाहिएको छ। विधेयक अगाडि बढ्न नदिन। मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्धको लडाईंमा रहेको बताउँदै विगतमा विभाजित भएका माओवादी धारका शक्तिहरू एकतावद्ध भएर ०८४ मा ०६४ भन्दा शक्तिशाली बन्ने दाबी गरे। 

‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ’ उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.