|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर सदन अवरूद्ध पर्ने भएको छ। 

बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डले प्रधानमन्त्री नियुक्त गर्न भारतको भूमिका रहेको अभिव्यक्ति दिएको विषयमा एमाले सदन अवरूद्ध पार्ने भएको हो। 

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेपालको प्रधानमन्त्री दिल्लीबाट भन्ने कुरा सामान्य नभएकाले सदन अवरूद्ध पार्ने बताएका हुन्। 

‘संसद्ले बनाएको प्रधानमन्त्रीले संसदले बनाएको होइन दिल्लीले बनाएको भन्ने अभिव्यक्ति हामीले गम्भिरतापूर्वक लिएको छौं । प्रधानमन्त्रीले संसद र जनतादेशको अपमान हो । यो प्रधानमन्त्रीको निजी विषय होइन। हामीलाई लागेको थियो प्रधानमन्त्री संसदले बनाएको भन्ने तर उहाँ त काहीँ कतैबाट बनेको व्यवहार देखाउनुभयो। त्यही अनुसार हामी भूमिका निर्वाह गछौं,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.