|

दाङ : लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।   बुधबार दिउँसो १ बजेर ५० मिनेटतिर जेनेरेटरमा आगलागी भएको थियो।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी गराएका थिए।

अहिलेसम्म बैठक सञ्चालन भएको छैन्।  दोस्रो अधिवेशनको १७औँ बैठकमा एमालेका सांसदहरुले पनि संसद्लाई चल्न दिएका थिए।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि समसामयिक विषयमा विशेष समयमा सचेतक चौधरीले १० मिनेट बोल्न लागेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.