|

काठमाडौं : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ। महासचिव देवप्रसाद गुरुङले बुधबार विज्ञप्ति जारी गरी सीताको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। 

‘उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आफ्ना योगदानमार्फत चीर कालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’ 

सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी श्रद्धाञ्जली अर्पण गर्दै ०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.