|

कर्णली : कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो ।

कर्णाली प्रदेशभरका सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम एवं प्रशिक्षण प्रवर्द्धनमा सहयोग पुर्याउन सरकारले यो विधेयक ल्याएको हो ।

सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिएसँगै सभामा प्रस्ताव गरिएको उक्त विधेयक सर्वसम्मतिले पारित भयो । पारितपश्चात् सो विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ रुपान्तरण भएको सभामुख गुरुङले जनाए ।

त्यस्तै, प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आर्थिक वर्ष २०७९/८० को समग्र विवरणसहितको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.