|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच भेट भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संसदीय समितिको सभापति चयनका र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको  प्रमुख सचेतक परियारले बताए।

प्रधानमन्त्रीको भेटपछि परियारले भने, ‘समिति सभापति नहुँदा विधेयकमाथि प्रभावकारी छलफल हुन सकेको छैन। सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’

सदन र समितिलाई प्रभावकारी बनाउन रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन्। जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए।

भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा पनि चासो राखेका थिए। प्रमुख सचेतक परियार कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.