|

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकाले नौसेनामा कार्यरत दुई सदस्यलाई गिरफ्तार गरेको छ। अमेरिकी न्याय सेवा विभागले दुवै जनाले बेइजिङमा सूचना पुर्‍याएको आशंकामा गिरफ्तार गरिएको बताएको छ। 

उनीहरुमाथि अमेरिकी युद्धपोत र उसको हतियार प्रणालीको नियमावली, राडार प्रणालीका लागि ब्लुप्रिन्ट र एक विशाल अमेरिकी सैन्य अभ्यासलगायतका सूचना बेइजिङलाई बेचेको आशंका गरिएको छ। उनीहरूमाथिको स्टिङ अप्रेशनमा सहभागी भएका एफबीआईका काउन्टर इन्टेलिजेन्स डिभिजन अधिकारी सुजान टर्नरले अमेरिकी राष्ट्रिय सुरक्षालाई गम्भीर खतरामा पुर्‍याउने प्रयास गरेका नौसेनाका जवानलाई नियन्त्रणमा लिएको बताए। नौसेनाका सदस्यले सूचना बेचेर चीनबाट हजारौँ डलर लिएको आशंका गरिएको छ। 

यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर प्रदर्शनकारीले २०० मिटर कालो कपडाले ढाकिदिएका छन् । ग्रीन पीस संस्थाका अभियानकर्मीले सरकारले पर्यावरण विरोधी नीति तर्जुमा गरिरहेको भन्दै विरोधमा यार्क सायरस्थित प्रधानमन्त्री सुनकको घर कालो कपडाले ढाकिदिएका हुन् । प्रधानमन्त्री सुनक भ्रमणमा क्यालिफोर्निया गएको समयमा प्रदर्शनकारीले घर कालो कपडाले ढाकी दिएको अधिकारीहरूले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.