|

नेपालमा जस्तै मित्रराष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ।

शुक्रबार र शनिबार बेलुका सम्मको २४ घण्टाभित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ। करिब ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारीअनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८०  डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४  बिरामी उपचाररत छन्। डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको  मृत्यु भइसकेको छ।

स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन्। बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ।

यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ। एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ। नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ।

करिब ७२५३ डेङ्गुका बिरामी फेला परेका छन्। जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १ सय एक वागमती प्रदेशमा १ हजार १७१, गण्डकी प्रदेशमा ३ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.